एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै

पाेखरा | माघ १४, २०८२

एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 


जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।


४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ उपाधि दौडबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । ३ खेलबाट ९ अंक जोड्दै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहदै बाहिरिसकेको छ ।


अब समूह चरणको अन्तिम खेलमा न्यू डायमण्ड र थाइल्याण्ड क्विन्सबिचको खेल सुरु हुनेछ । यो खेलमा जित निकाल्न सके थाइल्याण्ड फाइनलमा पुग्नेछ । थाइल्याण्ड सोझो सेटमा पराजित भए पुलिस फाइनलमा पुग्नेछ । थाइल्याण्ड पाँचौं सेटमा पुगेर पराजित भए सेटका आधारमा कुन टोली फाइनलमा पुग्ने टुंगो लाग्नेछ ।


पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्